Contact for advertisement

9801063214

४ लाख रुपैया बराबरको अवैध चितवन भित्र्याइएको ब्रोइलर प्यारेन्ट कुखुरा नष्ट (भिडियो)

  • 09/13/2019

चितवन : भारतबाट पश्चिम नवलपरासीको महेशपुर हुदै अवैध रुपमा नेपाल भित्र्याइएको ब्रोइलर प्यारेन्ट कुखुरा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । नेपाल ह्याचरी उद्योग संघका पदाधिकारीले cobb 400 जातको ब्रोइलर प्यारेन्ट नियन्त्रणमा लिएर बिहीबार नष्ट गरेका हुन् ।
नवलपरासीको महेशपुर नाकाबाट भित्र्याइएको कुखुरालाई संघका पदाधिकारीले प्रहरीको सहयोगमा बुधबार राति नवलपुरको गैंडाकोटबाट नियन्त्रणमा लिएको थियो ।

नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ज्ञानबहादुर बिसुरालका अनुसार बोलेरोमा नेपाल भित्र्याइएको तीन सय १५ वटा ब्रोइलर प्यारेन्टस् नष्ट गरिएको हो । नष्ट गरिएको ३ सय १५ वटा कुखुराको बजार मुल्य ४ लाख रुपैया रहेको उनले बताए ।
राजेन्द्र सप्लायर्सको नाममा पठाइएको कुखुराको बजार मूल्य करिब चार लाख रुपैयाँ पर्ने बिसुरालले बताए । नियन्त्रणमा लिइएको प्यारेन्टस् ब्रोइलर बिहीबार राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण पश्चात खाल्डो खनेर गाडिएको बिसुरालले बताए

यस अघि समेत विभिन्न नाकाबाट अवैध रुपमा नेपाल भित्र्याइएका ब्रोइलर कुखुरा नियन्त्रणमा लिएर नष्ट गरिदै आएको छ । कुखुराजन्य उत्पादनमा नेपाल आत्मनिर्भर घोषणा भएको भएपछि अवैध रुपमा भारतीय नाकाबाट कुराजन्य उत्पादनहरु भित्रिने क्रम रोकिएको छैन ।

सोही अवसरमा बोल्दै नेपाल दाना, अण्डा कुखुरा वितरक संघका अध्यक्ष तेज नारायण पाण्डेले अवैध रुपमा कुखुरा नष्ट मात्र गरेर नभई ल्याउने सवारीलाई सिदै सरकारले जफत गरेर लिलाम गरे मात्र यो नियन्त्रण हुने बताए ।
नष्ट कार्यक्रममा कुखुरा व्यवसायी मञ्चका उपाध्यक्ष डा.रेवन्त भटट्राई , नेपाल पोल्ट्री सप्लार्यस कल्याणकारी संघका अध्यक्ष रामकृष्ण अर्याल, बरिष्ठ उपाध्यक्ष मनोज रानाभाट, महासचिव महेश्वर पोख्रेरल, नेपाल दाना, अण्डा कुखुरा वितरक संघका महासचिव विरबहादुर गुरुगं, नेपाल ह्याचरी उद्योग संघका उपाध्यक्ष निराजन खनाल, प्रहरीलगायतको सहभागी थियो ।

 

४ लाख रुपैया बराबरको अवैध चितवन भित्र्याइएको ब्रोइलर प्यारेन्ट कुखुरा नष्ट (भिडियो)


वर्ग