Contact for advertisement

9801063214

समस्या हल गर्न व्यवसायी, किसान र सप्लायर्सहरु एकजुट, अण्डाको नयाँ मुल्य निर्धारण ।

  • 09/19/2019

चितवन : अण्डा उत्पादन र बिक्रि वितरणको क्षेत्रमा आएको समस्या हल गर्न व्यवसायी, किसान र सप्लायर्सहरु एकजुट भएका छन् ।विगत लामो समयदेखि अण्डाको मुल्य निर्धारण, लागत अनुसारको मुल्य किसाहरुले नपाईरहेको अवस्थामा नेपाल दाना, अण्डा, कुखुरा वितरक संघको पहलमा भरतपुरमा सम्पन्न अन्र्तक्रिया र छलफलबाट आफै एकजुट भई समयअनुकुल मुल्य समायोजन गर्न सहमत देखिएका हुन् । उनीहरुले अण्डा संघको विवादमा पक्ष विपक्ष हुदाँ समग्र पोल्ट्री क्षेत्रलाई असर गरेको निष्र्कष समेत निकालेका छन् । भने मुल्य निर्धारण र अनुगमनका लागि आफै सर्वपक्षिय समिति समेत गठन गरेका छन्

उनीहरुले अण्डा विकाउने नाममा केहि खराब किसान र व्यवसायीकै कारण मुल्यमा आफु खुसी गर्दा विचौलिया मौलाएको ठहर समेत गरे । उनीहरुले यो व्यवसायीलाई धरासायी हुन नदिने प्रतिवद्धता समुहिक रुपमा जनाउदै सबै संस्था र व्यवसायी जिम्मेवार बन्ने बताए ।

 

अण्डा उत्पादक संघ र सप्लायर्स बिचमा मिलन जस्तो देखिएता पनि मनमा तिक्ताका रहेकै कारण पनि र सप्लायर्समा भएको आपसी अस्वस्थ प्रतिस्पर्धाका कारण अण्डा संघको केन्द्रिय कार्यलयले तोकेको ठुलो अण्डा प्रति क्रेट फार्ममा २७० र मिडियम अण्डा प्रति क्रेट फार्ममा २३० को रेटमा कारोबार नभई मनपरि रेट ठुलो अण्डा प्रति क्रेट फार्ममा २२० र मिडियम अण्डा प्रति क्रेट फार्ममा १६० सम्मको रेटमा कारोबार हुदा अहिले किसानहरु घरबाहर बिहीन हुने स्थितीमा पुगेका पश्चिमका धनगढीबाट आएका व्यवसायी किशोर हमालले हामी आफैले तोकेको मुल्य कायम गरौँ विस्तारै समस्या हल हुन्छ ।

 

संघले मंगलबार भरतपुरमा आयोजना गरेको अन्तक्रियमा अण्डा उत्पादक र बिक्रेता बिचमा एउटा सहमती भई अण्डाको नया मुल्य तोकिएको छ ।

 

जस अनुसार ठुलो अण्डा प्रति क्रेट फार्ममा २५० र मिडियम अण्डा प्रति क्रेट फार्ममा १७५ तोकीएको हो । जसको अनुगमनको लागि मदन चिरञ्जीवी पोख्रलको संयोजकत्वमा १२ सदस्यीय बजार व्यवस्थापन, अनुगमन तथा एक्सन कमिटी गठन गरिएको छ

 

जसको सदस्यहरुमा क्रमशः बिनोद पोख्रेल, ज्योतेन्द्र श्रेष्ठ, मोहन कुमार श्रेष्ठ, राजु अधिकारी, राजु बराल, जनार्धन अधिकारी, पिताम्बर सन्जेल (काठमाण्डौ), चन्द्र बहादुर गुरुङ (पूर्व), भरत मणि शर्मा (पश्चिम), किशोर हमाल (प्रदेश नं. ७) र शोभाकान्त ढकाल (स्याङ्जा) रहेका छन् । त्यस्तै सोहि कार्यक्रमबाटनै बिर बहादुर गुरुङ (संयोजक), राजु अधिकारी (सह संयोजक) रहने गरि तयारि कुखुरा तथा बजार अनुगमन समिती समेत गठन गरिएको छ ।

 

नव गठित समितिका सदस्य तथा कार्यक्रमका संयोजक बिनोद पोख्रेलले अबका दिनमा यो समितीले यदि कसैले रेटलाई तलमाथी गरेको देखिएमा ठाउको ठाउँ कार्वाही गरिने बताए ।

 

उनले यो बताई रहदा हलमा उपस्थित सबैले तालिका साथमा एकवद्धता प्रकट गरेका थिए । उनले यो कार्यक्रम देशव्यापी कार्यक्रम भएकाले सो कार्यक्रममा उपस्थित सबै बजारको प्रतिनीधित्व जनाउने ब्यक्तित्व भएका कारण सबैले चाहेमा यो सम्भव भएको पनि बताए । उनले अब किसानले कति घाटा खायो भनेर क्यालकुलेटरमा पनि हिसाब नआउने स्थिती भईसकेको बताउदै अब उत्पादक र वितरक मिलेर जानुको कुनै बिकल्प नभएको बताए ।

 

कार्यक्रममा उपस्थित अधिकांश किसानहरुले अब किसानहरु यो पेशाबाट पलाएन हुने अवस्था आएको बताए । कहिले भाउ, कहिले रोग अनि कहिले दानाको महगींले गर्दा अब किसानहरु घरबाहर बिहिन हुन पर्ने अवस्था आईसकेको र कतिपय भईसकेको पनि बताए ।

 

किसानका प्रतिनीधि तथा पुर्वी चितवन कुखुरा ब्यवसायी मञ्चका उपाध्यक्ष समेत रहेका द्रोण लामिछानेले भाग्यमानी व्यवसायी भनेर कुनैदिन चिनिएको व्यवसाय अहिले आएर अभागी व्यवसायी बन्ने अवस्था आएको बताए । उनले अहिले सम्म धेरै किसान सहिद भईसके र अब पनि रेट नआए अझै धेरै सहिद हुने अवस्था रहेको बताई रहदा सबै स्तब्ध थिए ।

 

नेपाल दाना, अण्डा, कुखुरा वितरक संघकै पहलमा भएको मूल्य वृद्धिले किसानले वास्तविक मूल्य पाउनेमा कुनै शंका नरहेको संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए । उनले भने–‘हामी आफै अग्रसर भएर मूल्य वृद्धि गराएका हौं, कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्छ ।’नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका कार्यसमिति सदस्य प्रकाशमणि सापकोटाले वृद्धि गरिएको नयाँ मूल्य भोलि बुधबार देखी नै लागू हुने हुने जानकारी दिए । चितवनमा मात्र अण्डा पाल्ने कुखुरा किसान एक हजार भन्दा बढी छन् । किसानहरु अण्डाको मूल्य वृद्धि नभएको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् ।

 

कार्यक्रममा कुखुरा ब्यवसायी मञ्चका अध्यक्ष ऋषीराम पौडल, नेपाल पोल्ट्रि महासंघका केन्द्रिय तृतीय उपाध्यक्ष अर्जुन कुमार अर्याल, नेपाल दाना वितरक संघका पुर्व अध्यक्ष तिलचन्द्र भट्टराई, नेपाल पोल्ट्री महासंघका सचिव त्रिलोचन कंडेल, नेपाल अण्डा उत्पादक संघका संस्थापक अध्यक्ष दिपक खनाल, नेपाल अण्डा उत्पादक संघका पुर्व अध्यक्ष राजेन्द्र लामिछाने, मकवानपुर कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजु अधिकारी लगायतले आफ्नो भनाई राखेका थिए । संघका निर्वतमान अध्यक्ष रामलाल भुषालले सञ्चालन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष तेजनारायण पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

source; farm.com.np


वर्ग