Contact for advertisement

9801063214

यसरी नष्ट गरियो ११ हजार किलो तस्करीको मासु

  • 11/11/2019

राजस्व अनुसन्धान विभागले ११ हजार किलोभन्दा धेरै तस्करीको मासु नस्ट गरेको छ।

मकै, केराउ लगायत खाद्यानमा लुकाएर ल्याइएको सेतोमासु, कवाफ, डकमिट, क्र्याव स्टिक लगाएत ११ हजार ५ सय ४९ किलो मासुजन्य पदार्थ नस्ट गरिएको हो।

यसमा १० हजार ३ सय ७८ किलो सेतोमासु, ५५ किलो कवाफ, ५ सय २८ किलो हाँसको मासु, ६० किलो क्र्याब स्टिक, ६० किलो सालमन माछा र ४६८ किलो प्राउन माछा नष्ट गरिएको राजस्व अनुसान्धान विभागले जनाएको छ।

यी मासुजन्य पदार्यलाई केराउ, मकै लगाएतका खाद्यानभनी लुकाएर ल्याउने क्रममा विभागले शुक्रबार नागढुंगाबाट नियन्त्रणमा लिएको थियो।

विभागले मासुको नमुना जाचँको लागि खुमलटारस्थित विधि विज्ञान प्रयोगशालामा पठाइएको छ।

Source: Setopati.com

Nasta


वर्ग