Contact for advertisement

9801063214

मोरङमा बर्डफ्लु

  • 09/03/2019

 

विराटनगर : मोरङको कानेपोखरी क्षेत्रका घरपालुवा पंक्षीमा बर्डफ्लुको संक्रमण फेला परेको छ । सुरुवातमा कानेपोखरी ३ हरकपुरको यसोधरा कृषि फर्ममा पलिएका हाँस, टर्की, स्थानीय कुखुरा र बट्टाइमा बर्डफ्लुको संक्रमण देखिएको पशु ज्ञान केन्द्र मोरङका प्रमुख सुशील अधिकारीले बताए ।

 

बिहीबार यस फर्ममा रहेका केही कुखुरा मरेपछि पशु प्रयोगशाला विराटनगर र केन्द्रीय पशु प्रयोगशाला त्रिपुरेश्वरमा नमुना परीक्षण गरिएको थियो । नमुना परीक्षणपछि बर्डफ्लु पुष्टि भएको प्रमुख अधिकारीले बताए ।  

 

बर्डफ्लु पुष्टि भएसँगै सोमबार फर्ममा पालिएका २ सय २२ पंक्षीका साथै १५ क्विन्टल कुखुराको दानाको कच्चा पर्दाथ र ४ मन दाना पनि नष्ट गरिएको छ । रोगको संक्रमण फैलिएको स्थानमा सिल गरिने पशु ज्ञान केन्द्र मोरङले जनाएको छ । फर्मका संचालक प्रसाद मिश्रका अनुसार २ दिनअघि नै सो फर्मका २ सयभन्दा बढी कुखुरा मरेका थिए ।  

 

source: http://annapurnapost.com

 

 


वर्ग