Contact for advertisement

9801063214

भारतबाट नेपाल भित्रिने कुखुरा रोक्न अनुगमन समिती गठन

  • 08/09/2020


कंचनपुरको पुनर्वासमा कुखुरा तथा अण्डा उत्पादन किसान संघको नगर कमिटी गठन भएको एक हप्तामै अनुगमन समिती गठन गरेको छ ।

कुखुरा तथा अण्डा उत्पादन किसान संघ पुनर्वासका अध्यक्ष अमर सिंह पन्तको अध्यक्षतामा बसेको बैठकले २१ सदस्यीय अनुगमन समिति गठन गरेको हो ।
प्रहरी प्रशासनकै उच्च सुरक्षाका बाबजुद पनि भारतीय ब्रोईलर कुखुरा भारतबाट नेपाल भित्रीन थालेपछी व्यवसाय धरासायी हुने चिन्ताले पुनर्वासमा सञ्चालन गरिएका पोल्ट्री फर्म सञ्चालकहरुलाई एक जुट गराई सिमाबाट हुँने तस्करीलाई रोक्न सो समिति गठन गरिएको अध्यक्ष अमर सिंह पन्तले जानकारी दिए ।

लकडाउनले भारतीय  सिमा नाका सिल गरिएपछि अहिले पुनर्वासमा कम्तीमा ४० प्रतिशत बेरोजगार युवाहरु कुखुरा पालन तर्फ  आकर्षित बनेका छन् ।


वर्ग