Contact for advertisement

9801063214

भारतबाट काठमाण्डौ लगायत विभिन्न ठाउँमा अवैध रुपमा बर्डफ्लु स’ङ्क्र’मित कुखुरा भित्रिन थाले

  • 03/05/2020

भारतबाट राजधानीलगायत विभिन्न ठाउँमा मासुका लागि तयार कुखुरा र चल्ला अवैध रुपमा भित्र्याउन थालिएको छ । नेपालमा कुखुराको मासु र चल्ला महँगो भएको मौका छोपी भारतबाट अवैध रुपमा यस्ता बस्तु भित्र्याउन थालिएको हो ।

काठमाडौं पशु क्वारेन्टाइन कार्यालयका अनुसार यही साता मात्रै चितवनको रामनगर हुँदै भारतबाट काठमाडौं ल्याइएको आशङ्कामा मासुका लागि तयार ७३० वटा कुखुरा नष्ट गरिएको छ ।

सो कार्यालयका प्रमुख डा. श्रीराम अधिकारीको नेतृत्वमा अनुगमनमा गएको टोलीले भेटेनरी चिकित्सकको परीक्षणको प्रमाण र स्थानीय सिफारिस नभएको भेटिएपछि ती कुखुरा नष्ट गरिएको जानकारी दिए ।

विश्व पशु स्वास्थ्य सङ्गठन (ओआईई) का अनुसार ‘नोटिफाइअबल एभियन इन्फ्लुएन्जा’ भाइरसको ‘सब-टाइप’ बाट हुने रोग वा सङ्क्रमणलाई बर्ड फ्लु भनिन्छ। सामान्यतया पशुपक्षीमा लाग्ने बर्ड फ्लुको भाइरस निकै ‘अस्थिर’ खालको हुने गरेको विज्ञहरू बताउँछन्।

उनीहरूका अनुसार बर्ड फ्लुको स’ङ्क्र’मण देखिनासाथ नेपालमा मात्रै नभई विश्वको जुनसुकै ठाउँमा चालिने कदम भनेको स’ङ्क्र’मण नियन्त्रण तथा रोकथाम नै हो।

र, त्यसका लागि स’ङ्क्र’मित पशुपक्षी तथा तिनका उत्पादन लगायत सामग्रीलाई नष्ट गरिन्छ। “यसको भाइरसले स्वरूप परिवर्तन गर्ने धेरै अवसर नपाओस् भनेरै जहाँ देखियो त्यही नष्ट गर्ने सबैतिरको अभ्यास हो।”

तर प्रश्न उठ्छ- स’ङ्क्र’मण नियन्त्रण तथा रोकथाम गर्ने पटकपटक प्रयास भइरहँदा पनि किन बर्ड फ्लुको भाइरस ब्युँतिरहन्छ?डा. शिशिर भण्डारी भन्छन्, आनुवंशिक गुण फेर्न सक्ने सो भाइरसको विशेषता नै त्यसको अस्तित्वको निरन्तरताको प्रमुख कारण हो।

“सरल भाषामा भन्नुपर्दा बर्ड फ्लुको भाइरसले आफूले मार हान्ने पशुपक्षीको शरीर अनुकूल आफूमा क्षमताको विकास गर्न सक्छ।””अर्थात् कुखुरामा हुँदा त्यसको शरीरमा बाँच्न सक्नेगरी भाइरसले आफूलाई रूपान्तरण गर्न सक्छ भने हाँसमा हुँदा त्यसको शरीरअनुकूल बन्न सक्छ।”

 

Source: http://etajakhabar.com/


वर्ग