Contact for advertisement

9801063214

बैकले पोल्ट्रिको फाइल लिनै छाड्यो ? १२ भाइले राम्रो समाचार लेखिदिनु पर्याे

  • 02/17/2023

केहि दिन अघि काठमाण्डौमा बर्ड फ्लु देखिएको थियो र केहि दिन अघि पुर्वका किसानले आन्दोलन गरि बाटोमा कुखुरा फालेका थिए । जसले गर्दा नेपालमा पोल्ट्रि ब्यवसाय नाजुक अवस्थामा रहेको पुष्टि ग¥यो । आन्दोलन भएदेखि नै सिमाबाट हुने तस्करीहरु टाइट गरिएको थियो । जसको कारणले बजारमा नेपाली अण्डा तथा कुखुरा खपत बढ्यो । अहिले आएर २०७९ फागुन ०५ देखि लागु हुने गरि जीउदो बोइलर कुखुराको दर बढेर २७० थियो । आन्दोलनको समयमा २४० थियो । अब भने किसानमा केहि आशा जागेर आएको छ । अबको दरमा चाहि किसान घाटा नपर्न सक्छ तर यो दर कहिले सम्म कायम होला ?
पोल्ट्रि सेक्टरमा देखिएको आन्दोलन र बर्ड फ्लुका समाचार त छ्यापछ्याप्ती सबै पत्रिकामा आयो जसले गर्दा बैकिङ्ग सेक्टरका संचालकहरुले पोल्ट्रि सेक्टरको नयाँ कर्जाको फाइल नलिने सर्कुलर जारी नै गर्याे । अहिले बजार सुधार भएर गएको छ तर समाचार कसैले पनि प्रकाशन गर्दैन किन होला ? रवि जीले भनेको जस्तै १२ भाइको कुरा त हैन । समाचारमा यो कुरा नआएसम्म बैकका संचालकहरुलाई सुधार भएको कुरा थाहा नहुन पनि सक्छ । अब उहाँहरुलाई कहिले थाहा हुने अनि कर्जा फाइल लिनलाई सर्कुलर जारी गर्ने । बजार सुधार भएको छ र त्यहि अनुसार समाचार बनाइदिनुहुन सबैमा अनुरोध छ ।


वर्ग