Contact for advertisement

9801063214

ध्वस्त हुदै पोल्ट्री साम्राज्य, बिचौलियाले कुखरा पालक किसान मारेः अध्यक्ष के.सी.

  • 12/16/2019

नेपालको पोल्ट्री साम्राज्य ध्वस्त हुने स्थितिमा पुगेको छ । देशकै कुल ग्राहस्थ उत्पादनको ४ प्रतिशत हिस्सा रहेको पोल्ट्री जगत ध्वस्त हने स्थितीमा पुगेको कुखुरा पालक किसानहरुले बताउदै हिड्न थालेका छन् । अहिले सबै भन्दा ठुलो पिडामा लेयर्स तथा ब्रोइलर उत्पादक किसान रहेका छन् । करिब १ वर्ष यता न त उनिहरुले भाउ पाएका छन् न त लागत मुल्यनै प्राप्त गर्न सकेका छन् । कुखुरा पालेका किसान अहिले घरबार बिहिन हुने स्थिती सिर्जना भएको नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिवराम के.सीले आज (सोमबार) भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् ।

उनले अण्डा उत्पादक क्षेत्र बिचौलीया मुक्त हुन नसेको बताउदै ठुलो किसानले साना किसान मार्ने खेलमा सप्लायर्सको बिल्ला भिरेर केहि बिचौलीयाहरु सल्बलाएको बताए । किसानहरुले घाटा खाएर बेच्ने तर बिचौलीयाले १ पेटि अण्डा (७ क्रेट) मा ५ सय देखि ७ सय सम्म नाफा खाएर बेच्ने गरेको बताउदै केसीले किसानलरुले कम्तिमा पनि खोरमा मजदुरी गरेको ज्यालाा पानुपर्ने बताए । उनले यसो हुन नदिन बिचौलियाहरुले किसानको खोरमानै गइ दाना दिने, अण्डा उठाउछु भन्ने अनि मनपरि भाउमा अण्डा उठाइ किसान मार्न लागि परेको बताए । अहिले पनि अण्डाको माग उच्च रहेको र भाउ घट्नुपेर्ने अवस्था नरहेको बताउदै केसीले गत कार्तिक २१ गते भरतपुरमा अण्डा उत्पादक किसान, सप्लायर्स र अण्डा संघको त्रिपक्षीय भेलाले ठुलो क्रेट फार्म मुल्य प्रति क्रेट २७५ र बिक्रि मुल्य प्रति क्रेट २८० साथै मिडियम अण्डा प्रति क्रेट फार्म मुल्य २५५ र बिक्री मुल्य २६० राखिएकोमा मंसिर १५ पछि बिचौलीयाहरु फेरि खेल्न थालेर रेट घटाएको आरोप लगाए ।उनले मंसिर २६ गते प्रमुख जिल्ला अधिकारीको निर्देशन बमोजिम आन्तरीक रुपमा विवाद समाधान गरी निर्धारित मूल्य कार्यान्वयनको लागि त्रिपक्षिय भेला बोलाइएकोमा सप्लायर्सहरु भेलामा उपस्थित नभई आफुखुसी बैठक बसी अनाधिकृत रुपमा एकलौटी ढंगले अण्डाको मूल्य निर्धारण गरिएको र २७ गते सप्लायर्स बैठकमा अगुवा कृषकहरु गई निर्धारित मुल्य आम किसानको हित बिपरीत भएको भनी भन्दा नाटकीए ढंगबाट अभद्र ब्यवहार मुद्धा लागाई ६ जनालाइ किटानी जाहेरी दिईएकोमा ५ जना पक्राउ परेको जानकारी दिए । पक्राउ पर्नेमा अण्डा उत्पादक किसानहरु क्रमशः भरतपुर ६ का प्रकाश अधिकारी, भरतपुर २३ का आनन्द मास्के, कालिका ६ का रामहरि केसी, कालिका ६ का दिपेश्वर केसी र भरतपुर १४ का राजेन्द्र साँखी रहेका छन् । उनले पक्राउ परेकालाई तुरुन्त रिहाइ गर्न प्रशासन समक्ष माग पनि राखेका छन् ।

केसीले धमीलो पानीमा माछा मार्ने काम केहि सप्लायर्सहरुले गरेको बतादै अण्डामा बनि सकेको माहोल बिगार्न केहि बिचौलिया लाग्दा सिंगो पोल्ट्री क्षेत्र तहसनहस हुने स्थिति बनिसेकाले किसानले स्वरोजगार गरेर खाएको ब्यवसाय यसरी ध्वस्त पार्ने अधिकार बिचौलियालाई नभएको बताए । उनले आफै प्यारेन्ट पाल्ने, आफै ठुलो संख्यामा कुखुरा पाल्ने र दाना पनि आफै बनाउने र साना किसान कसरी हुन्छ सिध्याउने खेलमा बिचौलीया लागेको बताए ।

 

Source: nepalikoaawaj.com


वर्ग