Contact for advertisement

9801063214

ढुवानी मापदण्डमा चरम लापरवाही ,यात्रुवाहक बसमा बोकिन्छ चल्ला

  • 03/14/2020


३० फागुन, काठमाडौँ । शुक्रबार भक्तपुरको पि.वि.पोल्ट्री प्रा.लि.का सञ्चालक गंगा सुवालले अमेरिका बाट १ दिने ग्रान्ड प्यारेन्ट माउ चल्ला एयरपोर्ट भन्सार हदै आयात गरेका हुन ।आयातित चल्लाहरू त्रिभुवन विमानस्थल भन्सार कार्यालय परिसर भित्रैबाट यात्रुवाहक बसमा लोड गरेर चल्लालाई बसमै राखेर सिन्धुपाल्चोक पु¥याउने सोचमा सुवाल थिए ।

यात्रुवाहक सवारीमा चल्ला ढुवानी गर्न मापदण्ड विपरित भएको भन्दै पशु क्वारेन्टाइन कार्यालय काठमाडौंले ढुवानी रोक्न निर्देशन दिएको छ । पशु ढुवानी मापदण्ड २०६४ मा भएको व्यवस्था लागू गर्न सरकारको नाममा सर्वोच्च अदालतले परमादेश जारी गरिसकेको अवस्थामा समेत विभिन्न व्यावसायिक फर्महरूले मापदण्डलाई लत्याउने प्रयास गरेका छन । पशु ढुवानी मापदण्ड, २०६४ मा यात्रु बाहक सार्वजनिक सवारी साधनहरूमा पशुपन्छीहरू ढुवानी गर्न पाइदैन ।

सुवालले आयात गरेका चल्ला पशुचिकित्सक डा. सेरीन अमात्यको प्रत्यक्ष निगरानी बसमा लोड भइरहेको अवस्थामा भेटटाइम्सले ढुवानी मापदण्डको विषयमा अमात्यसँग जिज्ञासा राख्दा स्वयं अमात्यले बसमा ढुवानी गर्न नमिल्ने कानुनी व्यावस्था रहेको बताईन । काठमाडौंबाट बि.वि.पोल्ट्री प्रा.लि.को फार्म सिन्धुपाल्चोक सम्म ढुवानीको क्वारेन्टाइन प्रमाणपत्र जारी भएको छ ।बसमा चल्ला ढुवानी गर्न लागेको जानकारी प्राप्त भए पछि काठमाडौं क्वारेन्टाइन कार्यालयका प्रमुख डा.श्रीराम अधिकारीले टेलिफोनमै डा. अमात्यलाई गैरकानुनी काम नगर्न भन्दै बसमा चल्ला लान नदिने जानकारी गराएका थिए । डा.अधिकारकिो चेतावनी मुलक निर्देशन पश्चात सञ्चालक सुवालले आफुबाट गल्ति भएको स्वीकार्दै बसमा लोड भएका चल्लालाई अर्को सवारी साधनमा पठाएका छन ।

 

source: vetkhabar.com


वर्ग