Contact for advertisement

9801063214

जीउदो कुखुराको रेट १० ले घटाएको छ

  • 08/17/2019

जीउदो कुखुराको रेट  १० ले घटाएको छ

२०७६÷०५÷१ देखि लागु हुने गरि काठमाण्डौ स्थित कुखुरा ब्यवसाय संघले जीउदो कुखुराको रेट  १० ले घटाएको छ । अबको काठमाण्डौ कोल्डस्टोर रेट रु २४० भएको छ भने खोर काटाँ रेट रु २१० भएको छ ।  

दाना र चल्लाको रेट बढि रहेको अवस्थामा कुखुराको रेट घट्दा किसान मारमा परेको छ ।  

अहिले कुखुराको रेट घट्न प्रमुख कारक भनेको भारतीय कुखुरा नेपाल भित्रन रहेको छ । भारतिय कुखुरा नेपालमा उत्पादित कुखुरा भन्दा सस्तोमा आएको हुदाँ यसले बजारलाई असर गरेकोछ । भदौ लागे सगै कुखुरा ब्यापर बढेर रेट बढ्ला भन्ने आश गरेका किसानको सपना चकनाचुर भएको छ । प्रतिबन्धित भारतीय कुखुराको आयात रोक्न सके स्वदेशमानै उत्पादीत कुखुराको मुल्य राम्रो पाउने कुरा नेपाल ब्रोइलर कुखुरा पालक तथा उत्पादक संघका सचिव ज्यूले बताउनुहुन्छ । साथै जीउदो कुखुरो मुल्य घटाएकोमा नेपाल ब्रोइलर कुखुरा पालक तथा उत्पादक संघले विरोध गरेकोछ । यस्तै अवस्था रहे काठमाण्डौ छिर्ने हरेक नाकामा प्रतिबन्धित कुखुराको सरकारी सहयोगमा क्वाराइटान चेक जाचलाई कडाइ गरिने पनि उल्लेख गरिएको छ । सिमा छेत्रका किसान दाजुभाइहरुले पनि थोरै आर्थिक लोभमा प्रतिबन्धित कुखुराको आयातमा सहयोग नगरिदिनु हुन पनि अनुरोध गरिएकोछ । नेपाली उत्पादन लाई प्रोत्साहन दिउ, नेपाली किसानको आर्थिक उन्नती गरौ भनेर पनि आग्रह गरिएको छ ।  

 


वर्ग