Contact for advertisement

9801063214

जिया पोल्ट्री फिड तुलसीपुरको कमाउ धन्दा

  • 08/16/2019

तुलसीपुरको जिया पोल्ट्री फिड सप्लायर्सले विक्रीका लागि ल्याएको तीन हजार अबैध चल्ला नष्ट गरिएको छ । अस्थाई पशु क्वारेनटाइन चेकपोष्ट भालुबाङले भारतबाट ल्याएको अबैध चल्ला भएको पुष्टि गरेपछि नष्ट गरिएको चेक पोष्टका प्रमुख  गिरीराज अधिकारीले जानकारी दिनुभयो । क्वारेनटाइनले नेपाल प्रहरी, उद्योगबाणिज्य संघका प्रतिनिधि र ह्यचारी उद्योग संघको रोहबरमा दुई हजार ९ सय ८३ वटा अबैध चल्ला नष्ट गरेको प्रमुख  अधिकारीले जानकारी दिनुभयो ।

 

‘जिया पोल्ट्री फिडले जुन ठाउँबाट खरिद गरेर चल्ला लिएको हो त्यो उद्योगलाई कफ फाइप हन्डेड जातको चल्ला उत्पादन गर्ने अनुमति नै छैन,’ प्रमुख अधिकारीले भन्नुभयो–‘ अनुमति नभएको उद्योगले पठाएको चल्ला बैध हुने त कुरै भएन ।’

जिया पोल्टी फिड सप्लायर्सका प्रोपाईटर मदन केसीले नवलपरासीको बर्दाघाटमा रहेको त्रिवेणी ह्याचरी उद्योगबाट ती अबैध चल्ला लिएको कागजात देखाएका थिए । पशु सेवा विभागले त्रिवेणी ह्याचरी उद्योगलाई कलर जातको बाईलर मात्रै उत्पादन गर्न पाउने अनुमति दिएको छ ।

सस्तो मुल्यमा अबैध भारतीय चल्ला खरिद गरेर किसानलाई महंगोमा विक्री गर्न लागेको जानकारी पाएपछि नेपाल ह्याचरी उद्योग संघ दाङले बिहिबार चल्ला नियन्त्रणमा लिएर क्वारेन्टटाइन भालुबाङमा पठाएको थियो । यता नेपाल ह्याचरी उद्योग संघ दाङका अध्यक्ष लिला खनालले सरासर किसानमाथि ठगी धन्दा भएको बताएका छन् । नेपाल सरकारले प्रतिवन्ध लगाएको भारतीय अबैध चल्ला सस्तोमा लिएर नेपालमा किसानलाई बेच्नु भनेको गैरकानुनी रुपमा गठीधन्दा भएको अध्यक्ष खनालले प्रतिकृया दिनुभयो । भारतमा १० देखि १५ रुपैयाँ सम्म मुल्य पर्ने यो चल्ला नेपालमा ७५ रुपैयामा प्रति गोटामा विक्री गर्ने गरिएको ह्याचरी संघले जनाएको छ ।

 

यता जिया पोल्ट्री फिड सप्लायर्सका प्रोप्राइटर मदन केसीले ठूला व्यवसायीले साना व्यवसायीलाई गरिखान नदिने वातावरण तयार गर्न खोजेको आरोप लगाएका छन् । ह्याचरी उद्योग संघले भारतबाट आयातित चल्लाबाट विभिन्न किसिमको रोगको सक्रणम फैलिन सक्ने भएकाले समयमै सजग रहन किसानलाई आग्रह गरेको छ ।

 

 

Source: http://www.tulsipurkhabar.com/archives/21102?fbclid=IwAR3WHalxYhX3aytWWJgPPHrHfTmRy2gaFFvf9weUf67X-uarRceAh4hAVJg


वर्ग