Contact for advertisement

9801063214

जनार्दश शर्मा हुँ भन्दै ठग्दै हिड्ने ईश्वरीप्रसादले पोल्ट्री क्षेत्रका व्यापारीलाई पनि ठगेको भेटाइयो

  • 02/10/2022

बुटवल, २७ माघ । सोमबार कपिलवस्तु शिवराज नगरपालिका–५ बाट पक्राउ परेका ५० वर्षीय ईश्वरीप्रसाद पोखरेलले पोल्ट्री क्षेत्रका विभिन्न व्यक्तिलाई समेत ठगेको पाइएको छ । पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्रसंग पनि २ लाख क्यास दिएर १९ लाखको पोल्ट्रीका सामाग्रीहरु लगेका थिए । उनलाई ९ लाख रुपैँया बराबरको ब्याक डेट’ डेटको चेक दिएर सो सामान लिएर गएका थिए । महासचिव मिश्रकाअनुसार अचानक उनी पक्राउ परेको खबर सुनेपछि आफू ठगिएको थाहा पाई उनीपनि उजुरी हाल्न आज बुटवल पुगेका छन् । मिश्रकाअनुसार बाकी पैसा चितवनमा भोली नै दिन्छु भनेर दुई लाख नगद र ९ लाखको चेक थमाएर उनले सामान लगेका थिए । 

बागमती प्रदेश ०१–०२६ च ४००१ को कारमा सवार पोखरेललाई वडा प्रहरी कार्यालय चन्द्रौटाको चेक प्वाइन्टमा प्रहरीले सोमबार पक्राउ गरेको थियो। कपिलवस्तु नगरपालिका–१ मालटोलस्थित केजिएन मार्टमा गत असार १८ गते पोखरेलले ५० हजारको सामान लगेर त्यहाँ पनि चेक छाडेका थिए । तर चेक साट्न जादा नसाटिएपछि मार्ट सञ्चालकले प्रहरीमा ठगी मुद्दाको जाहेरी दिएका थिए। कपिलवस्तु विजयनगर गाउँपालिका–४ मा रहेको गौमुखी फिड इण्डष्ट्रिज एण्ड ट्रेडलिंकको प्रोप्राइटर बताएर उनले खरिद गरेबापतको बैंक चेक मार्टमा छोडेका थिए। माछापुच्छ्रे बैंक तौलिहवा शाखाको उक्त चेक साट्न जाँदा खातामा रकम नभएको पाइएपछि 

पोखरेलले आफू कृषि पेशामा संलग्न छु भन्दै हिड्ने गरेका थिए । उनी कन्स्ट्रक्सन कम्पनी पनि चलाउँछु भन्थे। उनी प्युठान तोरवाङ गाउँपालिका–६ भई हाल झिमरुक गाउँपलिका–६ बस्दै आएका थिए।

पोखरेल प्युठान, चितवन, काठमाडौं हुँदै कपिलवस्तुसम्म पुगेको देखिन्छ। उनी भेडीगोठ बाख्रा फार्म प्रालि मकवानपुर, कामधेनु गाई फार्म चितवन, प्रिसा पशुपन्छी तथा कृषि फार्म प्युठान, प्रिन्स कन्स्ट्रक्सन प्रालि काठमाडौं र गौमुखी फिड इन्डस्ट्रिज प्रालि कपिलवस्तुका प्रोप्राइटर भन्दै आएका थिए।

तर, अहिले पक्राउ पर्दा ती कुनै पनि फार्म तथा कम्पनी स्थापना र सञ्चालन नै नभएको पाइएको कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी बताउँछन्।
विभिन्न फार्म र कम्पनी आफ्नो बताउँदै पोखरेलले पच्चीस वर्षदेखि ठग्दै हिँडेको पाइएको भण्डारीले बताए। यो बीचमा उनले करोडौं ठगी गरेको भेटिएको छ। उनले आफू माओवादी नेता जनार्दन शर्मा हो भनेर पनि ठगी गरेको भेटिएको भण्डारीले बताए।

भण्डारीका अनुसार उनलाई इलाका प्रहरी कार्यालय बुटवलले २०५७ सालमा पहिलोपटक पक्राउ गरेको थियो। स्थानीय जनतालाई डर त्रास देखाएको कसुरमा उनलाई त्यसबेला सार्वजनिक ऐन अन्तर्गतको मुद्दामा कारबाही भएको थियो।

 

Source : Halokhabar.com


वर्ग