Contact for advertisement

9801063214

चितवनका कुखुरामा एच नाईनको प्रकोप

  • 11/08/2019

चितवनका कुखुरामा एच नाईनको प्रकोप

चितवनका केही पोल्ट्री फर्ममा एभियन इन्फ्लुएन्जाको संक्रमण देखिएको छ । राष्ट्रिय पन्छिरोग अन्वेषण प्रयोगशाला भरतपुरका अनुसार, चितवनका दुई वटा पोल्ट्री फर्ममा एच नाईन एभियन इन्फ्लुएन्जा देखा परेको हो ।

भरतपुर महानगरपालिका ८ गौरिगञ्ज र रत्नगरनरपालिकाको १३मा रहेको दुई वटा पोल्ट्री फर्मका कुखुरामा रेपिड टेष्ट ९एन।डि।आई।वि।डि र ए।आई० ग¥यौँ । त्यसमा बर्डफ्लूको शंकालागेर कात्तिक चार गते काठमाण्डौमा रहेको सेन्ट्रल भेटेनेरेरी ल्याब्रोटरी पठाएका थियौँ ।” राष्ट्रिय पन्छिरोग अन्वेषण प्रयोगशालाका सुचना अधिकारी तथा पशु चिकित्सक इन्दुराय यादवले भने, “परिक्षण गर्दा कुखुरामा एभियन इन्फ्लुएन्जा भएको पुष्टि भयो ।” अहिले एभियन इन्फ्लुएन्जा देखा परेको स्थानमा समस्याको सामधान भएको यादवले बताए । तर, कुखुरा नष्ट गरे नगरेको विषय भने खुलाईएको छैन ।

एभियन इन्फ्लुएन्जा एउटा बर्डफ्लुको स्वरुप हो । यो रोग विशेषगरी चरा प्रजातिबाट फैलिने गर्दछ । संक्रमित वा मरेको कुखुराको सम्पर्कमा रहँदा मानिसलाई सर्ने खतरा हुन्छ । तर, एभियन इन्फ्लुएन्जा भाईरस मानिसमा संक्रमण नहुने पशु चिकित्सक यादव बताउँछन् । “बर्ड फ्लूमा एच फाइभ एन वान हुने गर्दछ तर अहिले चितवनमा देखिएको एच नाईन भाईरस हो । यसलाई बर्डफ्लूको सुरुवाति चरण भन्ने गरिन्छ,” उनले भने, “यो भाईरस तत्काल मानिसमा सर्दैन । तर कुखुरा भने संक्रमण भएर मर्ने गर्दछन् ।”बर्ड फ्लूको भाइरस विशेष गरी कुखुराको मासु, प्वाँख, सिंगान, ¥याल, सूली, अण्डा, अण्डा राख्ने क्रेट आदिको सम्पर्कबाट सर्दछ । रोगी कुखुरा पानीमा तैरीरहेको अवस्थामा समेत मानिसलाई सर्ने खतरा हुने उनले बताए ।

व्यावसायिक रूपमा पालन गरिने कुखुरा र हाँस लगायतबाट मात्रै नभई रैथाने एवम् बसाइँसराइ गर्ने चराहरूबाट पनि एभियन इन्फलुएन्जाको भाइरस सर्ने गर्दछ । खासगरी पशुपक्षी र पशुपक्षीजन्य उत्पादन तथा तिनको ओसारपसार लगायतका काममा संलग्न हुनेहरूले विशेष ध्यान दिनुपर्ने हुन्छ । रामनगरमा रहेको पशु क्वारेनटाईन चेक पोष्टले पशुजन्य वस्तुको ओसारप्रसारमा कडाई गरेको कार्यालयका पशु स्वास्थ्य प्राविधिक डाक्टर दिनेश शाह बताउँछन् । “हामीले चालु आर्थिक बर्षमा दुई लाख ४० हजार ७ सय ४२ वटा बोईलर कुखुरा, बोईलर चल्ला ६६ लाख ८२ हजार ७ सय १७ र ६६ लाख १७ हजार २७ वटा लेयर्स चल्ला हामीले चेक गरेर पास गराएका थियौँ,” शाहले भने, “यो अवधिमा एउटा पनि कुखुरा नष्ट गर्नुपरेको छैन ।” रामनगरमा रहेको क्वारेनटाईनले अवैध कुखुराको अनुगमन र रोग लागे नलागेको विषयमा अनुगन गर्ने गर्दछ । जटिल प्रकारका रोगहरु राष्ट्रिय पन्छिरोग अन्वेषण प्रयोगशालामा ल्याएर परिक्षण गराउने गरिएको उनले बताए । विरामी कुखुरा देखियो भने डिस्पोज गरिने उनले बताए ।

इन्फ्लुएन्जा लगेपछि कुखुराहरु झोक्राउदै मर्ने गर्दछन् । विशेषगरी जाडो मौसममा विभिन्न रोगहरु देखा पर्ने भएकाले किसानहरुले चिकित्सकहरुको सल्लाह अनुसार कुखुरा पालन गर्नुपर्ने राष्ट्रिय पन्छिरोग अन्वेषण प्रयोगशालाका प्रमुख बरिष्ठ पशुचिकित्सक चेतनारायण खरेलले बताए । “चिसो मौसममा कुखुराको तापक्रम व्यवस्थापन गर्नुपर्दछ । तापक्रम नमिल्दा श्वासप्रसासमा समस्या हुने रोगहरु बढि हुन्छ,” उनले भने “यस्तो अवस्थामा एच नाईन जस्ता रोगहरु पनि देखापर्न सक्दछन् ।” व्यवसायीले दाना लगायतका सामग्री सँगसँगै कुखुराको ओसारपसार गर्न नहुने उनले बताए । चितवनमा दैनिक १५ देखि २० वटा कुखुरा पोष्टमाटमका लागि ल्याउने गरिन्छ । यहाँ चितवन सहित मकवानपुर, नवलपरासी, धादिङ, गोरखा, तनहुँ, लम्जुङबाट कुखुराहरु परिक्षणका लागि ल्याउने गरिन्छ ।

गत वर्ष पनि चितवनमा कुखुरामा एभियन इन्फ्लुएन्जा देखिएको थियो । सो रोगले थुप्रै कुखुराको मरेका थिए । त्यसकारण पोल्टी फर्ममा काम गर्नेले जैविक सुरक्षाका साथै खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुट लगाउने, चल्ला र दाना विक्रि गर्दा स्वास्थ्य प्रमाणित भएनभएको परिक्षण हेरेर मात्र किन्नुपर्ने भेटेनेरि अस्पतालका प्रमुख बरिष्ठ पशुचिकित्सक दयाराम चापागाईले बताए । विशेष गरि फागुन महिनाबाट बर्डफ्लु देखा पर्ने भएपनि चितवनमा कात्तिकमै एभियन इन्फ्लुएन्जा देखिएकाले किसानहरु सचेत हुनुपर्ने उनको भनाई छ । एच नाईन भाईरस चितवनमा रैथाने जस्तै भएको बताए ।

 

source: Kalikanews.com

 

 


वर्ग