Contact for advertisement

9801063214

गर्मी याममा कुखुराको ब्यवस्थापन

  • 07/24/2020

गर्मी याममा कुखुराको ब्यवस्थापन

कुखुराहरुको पसिना ग्रन्थी नहुने भएकोले यिनिहरुले अन्य जन्तुले जस्तो पसिना काडेर आफ्नो शरीरको तापक्रम घटाऊन सक्दैनन, त्यसैले गर्मी मौसममा शरीरको ताप फाल्नको लागि कुखुराले मुख खोलेर बसेका हुन्छन। यस अवस्थालाई हिट स्ट्रेस्स् (Heat Stress) भएको भनिन्छ। खासगरी ३० डिग्री तापक्रम नाघेपछी धेरै कष्ठ हुन्छ र उनिहरुले यसप्रकारका लक्षणहरु देखाउन थालछन। धेरै गर्मी भयो भने र ब्यवस्थापन भएन भने दाना खपत घट्ने, फुल उत्पादन तथा तौल घट्ने, कुखुरा अति तिर्खाउने र ३९ डिग्री कटेपछि स्वासप्रस्वास दर बढ्ने र मर्न पनि सक्ने भएको हुनाले गर्मीयाममा निमनबमोजिम व्यवस्थापन गर्नुपर्छ:

१ दिउसोको समयमा दाना नदिने (बिहान ९ बजे सम्म दाना दिई सक्ने, बेलुका ५ बजे पछि मात्र दिने)। यसले गर्दा दाना पचाउदा उत्पन्न हुने ताप उत्पन्न हुन पाउदैन र कुखुराको शारीरिक तापक्रमलाई सन्तुलनमा राखन मद्दत गर्दछ। दाना नदिने समयमा दानको भाँडा माथि तानेर कुखुराको बीचबाट हटाईदिनु पर्छ, यसले खोरभित्र हावा सर्कुलेसन गर्न केहि हदसम्म मद्दत पुग्छ।

२ प्राकृतिक भेन्टिलेसन पर्याप्त नभए फ्यान, कुलर आदि जस्ता कृत्रिम भेन्टिलेसन प्रयोग गर्नुपर्छ। खोरको बीच भागमा जथाभाबी राखेको पंखाले भन्दा तेहि पंखालाई उचित तरिकाले उचित स्थानमा राखन सक्यौ भने तापक्रम तथा हावाको संचार गराउनुमा धेरै फरक पार्दछ

३ कुखुरालाई हरपल चिसो पानी उपलब्ध गराउनुपर्छ। गर्मीयाममा कुखुराले पानी सकुन्जेल कुरेर अर्को पानी राखौला भन्नुभन्दा चर्को गर्मीमा हरेक घन्टामा पानी बदलेर चिसो पानी उपलब्द गराउनु पर्दछ।

४ भिटामिन सी (एक ग्राम प्रति चार लिटर पानीमा) वा इलेक्ट्रोकेयर (एक ग्राम प्रति लिटर पानीमा) आवश्यकता अनुसार पानीमा मिसाएर खुवाउन सकिन्छ। सोको उपलब्दता नभए कागती, निमुवाको रस वा भिनेगर पनि पानीमा मिसाएर दिएमा गर्मीबाट हुने तनाब कम गर्न मद्दत गर्दछ।

५ कुखुराको खोरको छतमा पराल, घासपात, जुटका बोरा आदि प्रयोग गरि पानी छर्कने व्यवस्था गरेमा पनि ठुलो राहत मिल्छ।

६ धेरै गर्मि याममा कुखुराले कम दाना खाने हुँदा कुखुराको बृदी तथा बिकासमा नकारात्मक असर पर्न सक्छ। यस्तो अवस्था नहोस भनेर गर्मि याममा खुवाउने दानामा प्रोटिनको मात्र केहि बढी भएको हुनुपर्छ।


वर्ग