Contact for advertisement

9801063214

कुखुरा फार्ममा आगजनी

  • 11/26/2020

कञ्चनपुरको किसान कुखुरा फार्ममा आगजनी भएको छ । अज्ञात समूहले भीमदत्त नगरपालिका १ भाँसीस्थित किसान पोल्ट्री सप्लायर्स फर्ममा आगो लगाएको हो । किसान पोल्ट्री सप्लायर्सका सञ्चालक किरण साउदले भाँसीमा तीन वर्षयता फार्ममा कुखुरा पाल्दै आएका थिए । स्थानीय ओम मल्लको जमिन भाडामा लिएर कुखुरापालन गर्दै आएका साउदको फार्म आगजनीबाट पूरै नष्ट भएको छ ।

‘खोर सफा गरेर कुखुराका चल्ला थप्ने तयारी गरेको थिएँ,‘ साउदले भने, ‘एक्कासी राति कसले हो फार्म नै जलाइदिए ।’ आगजनीबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । साउदले ९ लाख १३ हजार रुपैयाँ बराबरको दाना, १ लाख २० हजार रुपैयाँ बराबरको विद्युतीय उपकरणहरु, १ लाख ३६ हजार रुपैयाँ बराबरको छाना, १ लाख २० हजार रुपैयाँ बराबरको औषधि, २ लाख ६२ हजार रुपैयाँ बराबरका कुखुरालाई आहारा खुवाउने भाँडालगायत २० लाख रुपैयाँ बराबरका विभिन्न नष्ट भएको छ ।

‘नयाँ कुखुरा राख्ने तयारी गरेपछि कामदार पनि घर गएका थिए,‘ उनले भने, ‘यही मौका छोपी कुनै फहाटाको समूहले आगजनी गरिदिए ।’ साउदसहित अन्य पोल्ट्री फार्मका सञ्चालक तथा युवा उद्यमी र व्यवसायीहरुले आगजनीको छानबिन गरी घटनामा संलग्नमाथि कारबाहीको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालयले घटनाको छानबिन भइरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले आगजनीबारे अनुसन्धान भइरहेको बताए ।

source: https://farwesttimesdaily.com/

 


वर्ग