Contact for advertisement

9801063214

किन ३० दिन भन्दा माथिका ब्रोइलर कुखुराहरु अकस्मात मर्छन ?

  • 02/21/2020

Dr.Ganesh Banjara

M.V.Sc. (Agriculture and Forestry University, Rampur)

B.V. Sc & A.H. ( HICAST)

किन ३० दिन भन्दा माथिका ब्रोइलर कुखुराहरु अकस्मात मर्छन ?

Why Brolilers are died suddenly after 30 Days?

कुखुराहरुको मृत्युदर बढ्नुमा धेरै कारणहरु पर्न आउछन । कहिले काहि रोगले ग्रसित भएर धेरै कुखुराहरु एकै चोटी मर्छन भने कहिले कुनै कारण नदेखाइ अचानक मर्दछन । आज यहाँ त्यस्तै कुखुराहरुमा अकस्मात मर्ने समस्या अर्थात  Sudden Death Syndrome (SDS) बारेमा चर्चा गर्दैछौ । थोरै समयमा पनि शरिर धेरै वृद्धि विकास भई धेरै तौल आउने ब्रोइलर प्रजाती कुखुरामा  Sudden Death Syndrome (SDS)  को समस्या आउछ । यो समस्याले गर्दा किसानलाई आर्थिक नोक्सानी त गरेकै छ साथ–साथै पोल्ट्री उद्योगलाई पनि असर गरेको छ । बिना कुनै रोगको लक्षण देखिने यस समस्यामा कुखुराको सुरुको दोस्रो दिन देखि नै समस्या सुरुवात भएर बजारीकरणको समय सम्म देखिन सक्छ । २१ दिन देखि २८ दिनको उमेरसम्म  दैनिक १.५–२ प्रतिशत कुखुराहरु मर्दछन । विशेष गरेर चार हप्ता भन्दा माथिका भाले कुखुराहरु बढी मर्दछन । दैनिक मरेका कुखुराको प्रतिशत हेर्ने हो भने ७०–८० % भाले ब्रोइलर हुन्छन भने २०–२५% पोथी हुन्छन । तर लेर्यसमा यो खालको समस्या आउदैन । कुखुराहरु थरथर काम्ने, पखेटा भ्याट्–भ्याट् गर्ने, उत्तानो पर्ने, पखेटाले भुईमा हान्ने जस्ता लक्षणहरु देखिन्छन । यस्ता समस्या आउनुमा प्रमुख कारणहरु भनेको प्रतिकुल व्यवस्थापन, पोषण, मेटाबोलिक असन्तुलन र शरिरको चाडो वृद्धि विकास पर्दछन । यो समस्या भएका कुखुराहरुमा मांसपेशीको राम्रो विकास भएको, देख्दा स्वस्थकर र पाँचन प्रणालीमा टन्न पचेको दाना भेटिन्छ । समस्या भएपछि कुखुराहरु लगभग १–२ मिनेट भित्र मर्छन । पोष्टमार्टममा मुटुमा जमेका रगतका टुक्रा भेटिने र भेन्ट्रिकलहरु खाली हुन्छन । फोक्सो सुन्निएको हुन्छ । यस्तो खालको अवस्था आउन नदिन कुखुराहरुलाई सुरुवात देखिने नियन्त्रित दाना उपलब्ध गराउदा समस्या कम हुन्छ । जस्तै उज्यालो समय घटाउने, दाना दिने समयको दुरी बढाउने र पोषण कम भएको धेरै दाना खुवाउने आदि ।
यो रोग मेटावोलिक रोग अन्र्तगत पर्दछ भने वशांणुत, वातावरण र व्यवस्थापनले समस्या बढाउन मद्दत गर्दछ । 
Sudden Death Syndrome (SDS)  को प्रभावकारी उपचार नभएको हुँदा व्यवस्थित पालन प्रविधि नै प्रभावकारी हुन्छ । 
खासगरि SDS बाट मर्ने कुखुराहरुले खासै अरु रोगको जस्तो निश्चित लक्षणहरु देखाउदैनन । औषत तौल भन्दा माथि तौल भएका स्वस्थ भाले कुखुराहरु यसको शिकार बन्दछन । मर्नु भन्दा केहि समय अगाडि यिनिहरु दानापानी खाइरहेका,  हिडिरहेका देखिन्छन । त्यसपछि घाटी तन्काउछन, क्वाक्क कराउछन, पखेटा भ्याट्–भ्याट् गरेर खुट्टा तन्काउछन र उत्तानो परेर मर्छन । धेरै किसानहरुले यसलाई हृदयघातको संज्ञा दिएता पनि वास्तविकता त्यो हैन । यस्तो समस्याको प्रारम्भिक पहिचान भएको खण्डमा कुखुराको ढाड र छातीमा छिटो छिटो कडा मसाज गर्दा कुखुरालाई बचाउन सकिन्छ । 


लक्षणहरु
फोक्सो सुन्निनु, फोक्सोमा रगतको चाप बढ्नु, आन्द्रा भरि पचेको दाना हुनु, पित्त थैली खाली हुनु, कलेजो र मृगौला सुन्निनु र बाहिर पट्टीको भागमा रक्त श्राव हुनु मुटुको ब्तचष्ब मा जमेको रगत हुनु, भेन्ट्रिकलको आकार ठूलो हुनु आदि देखिन्छन । त्यस्तै कलेजो ठुलो हुनु र मृगौला सुन्निनुको लक्षणहरु Haemmorrhagic Fatty Liver Syndrome  संग मिल्दोजुल्दो हुन्छन । तर आन्द्रामा भएको पचेको वा अपच दानाले मृत्युको कारण पत्ता लगाउन सजिलो हुन्छ । 
तन्तु विश्लेषण SDS बाट प्रभावित पन्छीको मुटुको मांसपेशीमा पोटासियम  (K)  घटेको र सोडियम  (Na)  बढेको पाइन्छ । त्यस्तै कलेजोमा क्याल्सियम बढी र फोक्सो र मृगौलामा आइरन (Fe) कम हुन्छ । Na, K, Cl  इलेक्ट्रोलाइटहरुको शरिरमा असन्तुलन हुन्छ ।


रगत प्रोफाइल
प्रभावित भाले कुखुराको रगतमा पोथीको भन्दा ग्लुकोजको मात्रा बढी हुन्छ । यसैगरि त्यहा Blood Uric Acid / Lactate dehydrogenase level  पनि बढ्छ ।


SDS का कारणहरु 


) पौष्टिक कारण

१) दाना कटौती 
जुनसुकै बेला लगातार दाना दिनु भन्दा निश्चित समयमा निश्चित दाना दिदा मृत्युदर लाई ७५ प्रतिशत सम्ममा घटाउन सकिन्छ । 

२) आहाराको किसिम
मास फिडको तुलनामा पेलेट फिडको पाचन क्षमता बढी हुन्छ । पेलेट दानाले कुखुराको विकाश बढी गराउछ र केही अन्तरबिष भएको खण्डमा SDS बढाउछ । 

३) आहार संरचना
आहारमा बायोटिनको कमी भएमा SDS समस्या निम्त्याउन सक्छ । शक्तिको श्रोतको रुपमा भएका ग्लुकोज दोब्बर, फ्याट २.१% र कर्न स्टार्च (Corn Starch) २.५% ले पनि मृत्युदर फरक पर्न सक्छ ।

४) प्रोटिन एमिनो एसिड
प्रोटिन र एमिनो एसिडले पनि SDS लाई थोरै प्रभाव बनाउन सक्छ तर (Meat Meal) मिट मिलमा भएको तर थाहा नभएको तत्वले SDSबाट बचाउन मद्दत गर्दछ ।

५) भिटामिन मिनरल
दानामा Thiamine र Biotin Pyridoxic acid बढी भएको खण्डमा SDSबढ्न मद्दत गर्दछ । त्यसैगरि Fatty Liver Kidney Syndrome मा B Complex को मात्रा बढी भएर समस्या बिग्रिएर जान्छ ।

६)Lactate Metabolism
कुखुराको मुटु, कलेजो, फोक्सो, मृगौलाको तुलनामा मांशपेसीको भाग बढी हुन्छ र अक्सिजनको कमी भइ aerobic metabolism कम हुन्छ । शरीर भित्र aerobic metabolism लाई प्रर्याप्त मात्रामा अक्सिजन नभएको खण्डमा lactate जम्मा हुन्छ । Pyruvate भन्दा lactate बढी उत्पादन हँुदा acidosis को अवस्था आउँछ । यसले PH परिवर्तन गरि मुटुको गतिमा गडबड गरि SDS निम्त्याउछ ।

) व्यवस्थापकिय कारण 
१) प्रकाश  
हर्कदै गरेको कुखुरालाई कम प्रकाश दिने पद्धतिले SDS  को समस्या कम गराउन सकिन्छ । ५–६ दिन देखिनै दैनिक ६ घण्टा अध्यारो बनाउदा SDS बाट मर्ने संख्याको ३०–६०% सम्म न्यूनिकरण गर्न सकिन्छ । कडा र चहकिलो प्रकाशले ठुगाठुगको समस्या, झगडा गर्ने, बढी थुप्रनेका साथै आकस्मिक कडा ध्वनीले तर्सिदा SDS को समस्या बढाउछ ।
२) घनत्व
घनत्व बढी राखेर कुखुरा पाल्दा कुखुराहरुमा तनाव उत्पन्न भई मुटुको कार्यगतिमा असर गर्दछ । तनावले मुटुको मांशपेसीमा Ca++ मात्रा बढ्छ र मुटुको धड्कनमा गढबढ गराउछ ।
३)औषधीहरु 
मुटुको कार्यगतिलाई विभिन्न औषधीहरुले असर गर्दछन । SDS को अवस्थामा Anticoccidial Ionophores compounds (Monesin and Maduramicin) ले कोषको सतहमा Metal ion लाई चलायमान गराउछन ।
४) प्याथोजेनिसिस
SDS समस्या तनावले बढाउछ । तनावमा Lactic acid बढी उत्पादन भइ रक्तचाप बढाउछ । रक्तसंचार प्रणालीमा असर भएर मुटुले प्रभावकारी काम गर्न सक्दैन ।
५) कसरत
कसरत र तनावले रगतमा Catecholamines को मात्रा बढाउछ र भित्री अंगहरुमा रगतको चाप बढाउछ ।

रोकथाम नियन्त्रण
कुनै एक उपायबाट मात्र SDS लाई रोकथाम गर्न सकिदैन । कुखुराको अधित्तम वृद्धि विकास लाई नियन्त्रित गर्नको निम्ति व्यवस्थापकिय पक्षलाई जोड दिनु पर्छ ।
१) पेलेट फिडको तुलनामा क्रम्मल फिडको प्रयोगले दाना खपत कम हुन्छ । कुखुराले दाना कम खान्छन र शारीरिक तौल पनि विस्तारै बढदै जान्छ ।
२) पहिलो १४ दिन सम्म कम प्रोटिन र कम शक्तिबद्र्धक दाना दिदा शरीर लाई चाहिने अक्सिजनको आवश्यकतामा कम गराउन सकिन्छ । सोया मिल र फिस मिल प्रयोग गरिएको मास दानाले क्म्क् घटाउन सकिन्छ । 
३) दैनिक कुल दाना खपतको १० प्रतिशत कटौती गर्दा क्म्क् लाई कम गराउन सकिन्छ । कुखुराहरुलाई इलेक्ट्रोलाइट दिन सकिन्छ । 
४) टक्सिन बाइन्डर र रोग प्रतिरोधात्मक शक्ति विकास गर्ने औषधी खुवाउन सकिन्छ । 
५) प्रकाश व्यवस्थापनमा ५ देखि १८ दिन सम्म कम उज्यालो समय दिनु पर्छ ।

६) कुनै रोगको संगै सक्रमण भएमा एन्टिवायोटिकको प्रयोग गर्न सकिन्छ ।
 

 


वर्ग