Contact for advertisement

9801063214

अस्ताए पोल्ट्रीका एक हस्ती

  • 08/17/2020

सन् १९८१ देखि सुरु भएको ‘भ्याली पोल्ट्री’ समूह श्रीकृष्ण घिमिरे, श्री सानुबाबु बिन्दुकार र श्री हरिकृष्ण रावलको नेपालकाे पाेल्ट्री क्षेत्रमा एउटा ‘ओदान’ रुपी साझेदारी व्यवसाय थियो । यो समूहको स्थापनाकर्तामध्येका एक व्यक्तित्व आदरणीय श्रीकृष्ण घिमिरेज्यूको आज २०७७ भदौ १ गते हृदयाघातले निधन भएको खबरले यसक्षेत्रका सबै सरोकारवालाहरुलाई मर्माहत बनाएको छ ।

घिमिरेसहित बिन्दुकार र रावलजस्ता अग्रज व्यक्तित्वहरूले चार दशक लामो समयसम्म नेपालको पोल्ट्री व्यवसायमा चर्चित भ्याली ब्राण्ड बनाउँदै भ्याली कोल्ड स्टोर प्रालि, भ्याली फिड ईण्डष्ट्री, भ्याली पोल्ट्री प्रालि, भ्याली पेलेट फिड प्रालि, भ्याली एक्सप्रेस फुड्स, मर्स्याङदी पोल्ट्री प्रालि, त्रिशुली ब्रिडिगं एण्ड रिसर्च फार्म प्रालि, भ्याली एग्रोफिड प्रालि र पानसिया भेटेरीनरी प्रालि स्थापना भएको हो । केही दिन अघिमात्रै भ्याली समूहले सिर्सियास्थित ड्राइ पोर्टसमेत सञ्चालन गर्न थालेको छ ।

नेपालमा सम्भव हुँदैन भन्ने गरिएको ‘साझेदारी’ व्यवसायलाई कुनै विघ्न बाधावीच आजको अवस्थासम्म ल्याउनमा अहोरात्र खटिनु हुने र भ्याली समूहलाइ निरन्तर हाँक्नमा योगदान गर्नुहुने स्वर्गीय घिमिरेज्यूको आत्मा परमात्मामा एकाकार होओस भनि श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौं ।

मधुसुधन गुरागाईं  जीको फेसबुक पोष्टबाट साभार


वर्ग